नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।
युवा तथा खेलकुद मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेश्वरजंग गहतराज ‘अथक’ लाई ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरेका हुन्।
नवनिर्वाचित ढकालले २५ हजार २६ मत प्राप्त गरे, मन्त्री गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका छन्।
यस्तै नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४ सय ६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०७९ १२:४१ बिहीबार