८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस प्रदेशका दुई राज्यमन्त्री रौतहटबाट पराजित

मधेस प्रदेश सरकारमा रहेका दुई प्रदेश राज्यमन्त्री प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन्। प्रदेशमा राज्यमन्त्री रहेकै अवस्थामा चुनाव लडेका दुवै राज्यमन्त्री पहिले निर्वाचित भएकै क्षेत्रमा पराजित भएका हुन्।

रौतहट क्षेत्र नम्बर १ (ख) बाट २०७४ को प्रदेश सभा निर्वाचनबाट निर्वाचित जसपा नेता योगेन्द्र राय यादव सोही क्षेत्रमा पराजित भएका छन्। प्रदेश सरकारको कृषि तथा सहकारी राज्यमन्त्री रहेका यादवको क्षेत्रमा नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। राज्यमन्त्री यादवले स्वतन्त्र उम्मेदवार राजेश चौधरीभन्दा पनि कम मत ल्याएका छन्।

यसै गरी रौतहट क्षेत्र नम्बर ३ (ख) बाट २०७४ मा नेकपा एमालेबाट निर्वाचित भई पार्टी विभाजनपछि नेकपा एसमा गएका नागेन्द्र यादव पराजित भएका छन्। मधेस प्रदेश सरकारमा वन राज्यमन्त्री रहेका यादव पहिले निर्वाचित क्षेत्रमै नराम्रोसित पराजित भएका छन्। राज्यमन्त्री यादवलाई स्वतन्त्र उम्मेदवार केशव राय चौधरीले पराजित गरेका हुन्। राज्यमन्त्री यादवभन्दा जसपा उम्मेदवार पूजा चौधरीले बढी मत ल्याएकी छन्।

मधेस प्रदेश सरकारमा रौतहटबाट बहालवाला दुई राज्यमन्त्री पहिले निर्वाचित क्षेत्रमै तेस्रो स्थानमा सीमित हुनु संयोग मात्र रहेको रौतहटका बुद्धिजीवीहरुको बुझाइ रहेको छ।

प्रकाशित: ८ मंसिर २०७९ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App