दाङ १ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन्।
उनी एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन्।
खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी केसीले १३ हजार १ सय ७० मत प्राप्त गरे।
प्रकाशित: ८ मंसिर २०७९ ०६:५० बिहीबार