१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

इलाम २ मा अवरुद्ध मतगणना पुनः सुरु, सुवास नेम्बाङको अग्रता कायमै

इलाम क्षेत्र २ का उम्मेदवारद्वय एमालेका सुवासचन्द्र नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्का। तस्बिर: भीम/नागरिक

इलाम क्षेत्र नम्बर २ को मतगणना करिब ६ घन्टा अवरुद्ध भइ पुनः सुरु भएको छ। गणना भइसकेको मतपत्र सिल नगरी राखेको विषयमा उत्पन्न विवादमा सहमति जुटेपछि राति १२ बजे मतगणना पुनः थालिएको हो।  

पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) उम्मेदवार सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन्। माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको सबै, माई नगर वडा ६, ७, ८ र फाकफोकथुम गाउँपालिकाको वडा १, २, र ३ को मतगणना भइसक्दा नेम्बाङले करिब साढे ८ सय मतको अग्रता लिइरहेका छन्। अहिलेसम्म नेम्बाङको ११ हजार ६ सय २१ मत आएको छ भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ७ सय ८८ मत छ।  

यही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एमाले)का रामबहादुर रानामगर फराकिलो मतान्तरले अघि छन्। मगरले १० हजार ९ सय ३१ मत ल्याउँदा गठबन्धनका उम्मेदवार हर्क लावती (कान्छा)को ९ हजार २ सय २४ मत आएको छ। प्रदेशसभा २ तर्फ भने अब फाकफोकथुम वडा ४, ५, ६ र ७ को मात्रै परिणाम आउन बाँकी छ।  

प्रतिनिधिसभा क्षेत्र २ का इलाम नगरपालिका, देउमाई नगरपालिकासहित फाकफोकथुम गाउँपालिकाका वडा ४, ५, ६ र ७ को मतगणना बाँकी छ। क्षेत्र २ प्रतिनिधिसभामा १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App