१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोसपाका सोनल र एमालेका चौधरी प्रदेशसभा सदस्यमा विजयी

प्रदेशसभा सदस्यमा विजयी बनेका सोनल र चौधरी

बाराको  निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल र (ख) मा एमालेका देवनारायण चौधरी प्रदेश सभा सदस्यमा बिजयी बनेका छन्।

सोनलले  निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार आत्माराम साहलाई ५ हजार ३ सय २४ मत अन्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।  

सोनलले १३ हजार ५ सय ९६ मत पाएका छन् भने जसपाका उम्मेदवार साहले ८ हजार २ सय ६९ मत मात्रै पाएका छन्।  

अर्का नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरीले ३ हजार ६ सय २० मतको मतान्तरले निर्वाचित भएका हुन्।

चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App