दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार, शहरी विकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन्।
२० हजार ७ सय ६४ मत गणना हुँदा मन्त्री चौधरी २ हजार ५ सय ८९ मतको अन्तरमा अगाडि छन्। उनले ७ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले ४ हजार ७ सय ६७ मत प्राप्त गरेकी छिन्।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३ हजार ९ सय ८३ मत प्राप्त गरेका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १०:२९ बुधबार