७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

धनुषा-२ मा एमालेका उमाशंकरको अग्रता कायमै ,कांग्रेसका रामकृष्ण पछिपछि

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा नेकपा एमालेका उमाशंकर अरगरियाको अग्रता कायमै रहेको छ। उनले ७ हजार ८६४ मत ल्याएर अग्रता बनाएका छन् भने उनलाई नेपाली कांग्रेसका रामकृष्ण यादवले ७ हजार ५३३ मत ल्याएर पछ्याउँदै छन्।

एकीकृत समाजवादीका रामचन्द्र झा ६ हजार २३२ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। त्यस्तै जनता समाजवादी पार्टीका गंगाराम यादव ९आनन्द० ५ हजार २१८ मत ल्याएर चौथो स्थानमा रहेका छन्।  

जनमत पार्टीका जयराम साहले ४ हजार २५४ मत ल्याएर पाचौं स्थानमा रहेका छन्। अहिलेसम्म सहिदनगर नगरपालिका र कमला नगरपालिकाको १,२,३,४,६ र ७ नम्बर वडाको मतगणना सम्पन्न भएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App