१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोक १ को मतगणना रोचक बन्दै, ३५ मतले सापकोटा अघि लागे

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं। १ को मतगणना रोचक बन्न थालेको छ। लगातार पछि पर्दै आएका माओवादी उम्मेदवार माधव सापकोटा (सुवोध) ३५ मतले अघि लागेका छन्। कांग्रेसको साथ पाएका सापकोटा र एमाले उम्मेदवार सरेश नेपालबीच कडा टक्कर भइरहेको छ।  

पछिल्लो मतपरिणमअनुसार सापकोटाले १८ हजार ८ सय ६७ र नेपालले १८ हजार ८ सय ३२ मत पाएका छन्। भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाको मतगणना हुँदा गठबन्धनका सापकोटा एक हजारभन्दा बढी मतले पछि परेका थिए। आफ्नो पकड क्षेत्र लिसंखु पाखरको मतगणनामा अन्तर घटाउँदै उनले ७४ मा झारेका थिए।  

तर सुनकोसी गाउँपालिकाको मतगणना हुन थालेपछि एमालेका नेपालले बढाउन थालेको अग्रता हजारभन्दा माथि पुगेर झर्दै ५ सयमा पुगेको थियो। आफ्नो गृह गाउँ र पकड क्षेत्र बलेफी गाउँपालिका पुगेपछि सापकोटाले मतान्तर बढाउँदै नेपालको अग्रता तिरेर आफू अघि बढेका हुन्।  

बलेफीको वडा नं. १, २ र ३ को मतगणना भइसकेको छ। यो पालिकाको अब पाँचवटा वडाको मत गन्न बाँकी छ। त्यसपछि जुगल र चौतारा नगरपालिकाको मत गणना हुने छ। यो माओवादी बलियो भएको क्षेत्र हो। कांग्रेसको पनि उसलाई साथ छ। अब सापकोटा र नेपालबीच अघि को अघि बढ्ने र पछि पर्ने भन्ने प्रतिस्पर्धा रहने भएकाले यस क्षेत्रको मतगणना रोचक बन्ने देखिएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App