८ वैशाख २०८१ शनिबार
राजनीति

सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी

नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली कांग्रेसलाई आशावादी बनाएको छ।

सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ भने अर्कोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।  

सुनसरी क्षेत्र नं. १ मा कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ् मेन्याङ्वो अग्रता लिएका छन्। मंगलबार साँझको नतिजा अनुसार उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका अशोक राईले पछ्याइरहेका छन्। मंगलबार दिउँसोसम्म कांग्रेस नेतृत्व र एमाले–जसपा दुवै गठबन्धनका उम्मेदवार पछि थिए। ७४ सालको प्रतिनिधिसभामा एमालेका जयकुमार राई विजयी भएका थिए। जयकुमारले जसपाका अशोकलाई हराएका थिए।  

यस्तै, क्षेत्र नं. १ (क) तर्फ नेपाली कांग्रेसका उमेश थापा अग्र स्थानमा छन्। उनलाई एमालेका रमेश बस्नेतले पछ्याइरहेका छन्। क्षेत्र नं. २ मा सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले प्रतिनिधिसभामा अग्रस्थानमा छन्। उनी सुरुवातदेखि नै एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्र स्थानमा रहेका छन्। थापालाई एमालेका भीम आचार्यले पछ्याइरहेका छन। कांग्रेसका सीताराम मेहता तेस्रो स्थानमा छन्। ०७४ मा कांग्रेसका प्रतिनिधिसभाका लागि सीताराम मेहता नै विजयी भएका थिए।  

क्षेत्र नं. २ (क) तर्फ एमालेका रेवतीरमण भण्डारी अग्र स्थानमा छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्दारिकलाल चौधरीले पछ्याइरहेका छन्। क्षेत्र नं.३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा छीन्। कांग्रेसका नेता विजयकुमार गच्छदारले पाएको मत परिणमका आधारमा तेस्रो स्थानमा छन्। गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा रहेको बेला सोमबार रातिदेखि गणना भएको मत परिणम अनुसार अहिलेसम्म तेस्रो स्थानमा रहेका हुन्। क्षेत्र नं. ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली दोस्रो स्थानमा छन्। गच्छदारले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।  

रक्षेत्र नं. ४ अहिलेसम्म भएका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्।  

यस्तै, प्रदेशसभा ४ (क) तर्फ नेपाली कांग्रेसका षडानन्द मण्डल अग्र स्थानमा छन। उनलाई जसपाका नेता पर्शुराम बस्नेतले पछ्याइरहेका छन। यस्तै, ४ (ख) मा एमालेका अब्बास अन्सारीले अग्रता हासिल गरेका छन्। उनलाई कांग्रेसका डाक्टर इसरायल अन्सारीले पछ्याइरहेका छन्।  

रक्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उपनिर्वाचनमा भने एमालेका कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की बिजयी भएका थिए।

मोरङ क्षेत्रका ६ वटा संघीय निर्वाचन क्षेत्र मध्ये तीनवटामा कांग्रेसले अग्रता लिएको छ। बाँकी तीनवटा निर्वाचन क्षेत्रमध्ये एक–एकवटामा एमाले, माओवादी केन्द्र र एमालेबाट बागी उम्मेदवार अग्रता हासिल गरेका छन्। क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडा अग्र स्थानमा छन्। उनले नेपाली कांग्रेसका डिकबहादुर लिम्बुलाई सुरुवातदेखि पछि पार्दैै आएका छन्। ७४ को निर्वाचनमा लिम्बुलाई हराएर खतिवडा विजयी भएका थिए।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले अग्रता लिएकी छन्। सुरुवातदेखि मंगलबार दिउँसोसम्म एमाले उम्मेदवार ऋषिकेश पोखरेल अग्रता लिएका थिए। पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको समेत उम्मेदवार रहेनुभएको कोइरालाले अग्रता लिएकी हुन्। कांग्रेसका तत्कालिन सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला क्षेत्र नम्बर २ बाट पटकपटक चुनाव जितेर प्रधानमन्त्री समेत बनेका थिए। यसपटक उनकै छोरी सुजाता कोइराला सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन्। ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले एमालेका पोखरेललाई हराएका थिए।  

क्षेत्र नं. ३ मा सुरुवातदेखि निरन्तर रूपमा नेपाली कांग्रेसका सुनिल शर्माले अग्रता लिएका छन्। उनलाई एमालेका भानुभक्त ढकालले पछ्याई रहेका छन्। अघिल्लो पटकको निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।

क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी सुरुवातदेखि नै अग्र स्थानमा छन्। उनलाई एमालेका बिनोद ढकालले पछ्याइरहेका छन्। ०७४ को निर्वाचनमा मोदीले कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए। क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्रप्रसाद मण्डल शुरुवातदेखि नै अग्र स्थानमा छन। उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले पछ्याई रहेका छन्। अघिल्लोपटक शिवकुमारले नेपाली कांग्रेसका अमृत अर्याललाई हराएका थिए। क्षेत्र नं. ६ मा नेपाली काग्रेसका डा. शेखर कोइराला अग्र स्थानमा छन। उनलाई एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन्। ०७४ सालमा कोइरालालाई पण्डितले हराएका थिए।  

प्रकाशित: ७ मंसिर २०७९ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App