मोरङको क्षेत्र नं ५ (क) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
१४ हजार ८ सय ४३ मत ल्याएर मण्डलले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। यो विजयीसँगै नेपाली कांग्रेसले प्रदेश सभामा जितको खाता खोलेको हो।
नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतान्तरले मण्डलले पराजित गरेका हुन्। एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन्। राप्रपाका सोनल कुमार गुप्ताले १ हजार ९ सय मत ल्याएका छन्।
मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ।
प्रदेशसभामा निर्वाचित भएका मण्डल काँग्रेसका महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग ७ मतले पराजित भएका थिए।
प्रकाशित: ६ मंसिर २०७९ १६:०९ मंगलबार