४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेस सहमहामन्त्री राठौंरलाई पछ्याउँदै एमालेका कक्षपति

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरलाई नेकपा एमालेका किस्मतकुमार कक्षपतिले निरन्तर पछ्याइरहेका छन्। दुवै उम्मेदवार बीच ४ सय ४४ मतको अन्तर रहेको छ।

राठौंर र कक्षपतिबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म २९,४ सय ८२ मत गणना भइसक्दा राठौंरले १० हजार ९ सय ५४ मत ल्याएर अग्रता लिइरहेका छन्। राठौंरलाई पछ्याउँदै एमालेका कक्षपतिले १० हजार ५ सय १० मत ल्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला ४ हजार १ सय ६० मत प्राप्त गरी तेस्रो स्थानमा छन्। यसैगरी जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार नोयन्द्र धितालले ६ सय ४२ मत प्राप्त गरी चौथो स्थानमा उक्लिएका छन्। गणनाका क्रममा अहिलेसम्म १ हजार ८ सय ६३ म तबदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App