१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

झण्डै साढे ५ सयले पछि परे एमाले सचिव भट्टराई

एमाले सचिव योगेशकुमार भट्टराई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसंग साढे ५ सय बढी मतले पछि परेका छन्। ४८ हजार ३ सय ७२ मध्ये ४ हजार १ सय २१ मत गणना गर्दा बाम लोकतान्त्रिक गठवन्धनवाट माओवादीका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्री (पराग) ले अग्रता ५ सय ५६ मतले अग्रता लिएका हुन्।

 बुढाक्षेत्रीले २ हजार १ सय ६१ मत प्राप्त गरेका हुन। भट्टराईको १ हजार ६ सय ५ मत छ। अहिले सम्म फक्ताङलुङ गाउपालिका ७ ओलाङचुङगोला,लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक,पाथीभरा याङवरक–४ डुम्रिसे र मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङको मतगणना भएको हो।

प्रकाशित: ६ मंसिर २०७९ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App