२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

रुकुम पश्चिममा जनार्दन शर्मा दोब्बर मतले अगाडि

रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले करिब दोब्बर मतले अगुवाई गरेका छन्।

मंगलबार बेलुकासम्म १ हजार ५ सय ९३ मत गन्दा शर्माले ८ सय ५७ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ४ सय ८९ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत, राप्रपाका दिपक मल्लले ७६, मंगोल नेशनल अर्गनाईनेशनका हरिबहादुर पुनले २ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले ४ मत ल्याएको मुख्य निवाएचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले ४ सय ९९, नेकपा एमालेका कर्णबहादुर घर्तिमगरले ३ सय १ र राप्रपाका निर्जल केसीले २० मत ल्याएका छन्। प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीले अगुवाई गरिरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App