१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णालीका ७ जिल्लामा मतगणना हुँदा गठबन्धनको अग्रता

दैलेखको निर्वाचन क्षेत्र नम्वर २ को मतगणना स्थल दुल्लुमा सुरक्षा दिदैं शसस्त्र प्रहरी, दुल्लुमा मतगणना स्थलमा पार्टीका एजेन्ट तथा मत गणकहरु। तस्विर: नागरिक

कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता  देखिएको हो।

हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ बाहेक अन्य ७ जिल्लामा मत गणना कार्य भईरहेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेदवारहरुको अग्रता देखिएको छ। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र दैलेख निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यको मतको अग्रता नेकपा एमालेका उम्मेदवारले लिए पनि अन्य निर्वाचन क्षेत्रहरुमा सत्ता गठबन्धनले अग्रता लिएको हो।

मुगुमा मंगलवार साँझ मात्र मतपेटिका सदरमुकाम गमगढीसम्म पुगेको छ। बुधवारबाट मात्र मतगणना हुने जनाईएको छ। हुम्ला र डोल्पामा हेलिकप्टर नपुग्दा मतपेटिका ओर्सान नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधवप्रसाद श्रेष्ठले बताए। ‘हेलिकप्टर नपुग्दा मत पेटिका जिल्ला सदरमुकाम ल्याउन सकिएको छैन्।’ प्रहरी प्रवक्ता श्रेष्ठले भने, छिटो मत पेटिका ल्याउने तयारी भईरहेकोले ति जिल्लामा छिटो मत गणना हुनेछ।’ सुर्खेतको क्षेत्र नम्वर १ स्थित सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको थियो। उक्त स्थगित भएको मतदान मंगलवार फेरी सम्पन्न भएसंगै बुधवारबाट सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ को मतगणना हुने जनाईएको छ।

सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका उम्मेदवार हृदयराम ठानीले ४० हजार ९ सय ५९ मत गणना हुँदा १८ हजार ७ सय ७८ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमाले अमृत विसीले १५ हजार ५ सय ८८ मत ल्याए। ठानी र विसीको ३ हजार बढी फराकिलो मत अन्तर रहेको छ। प्रदेश सभाको मत गणना सुर्खेतमा भएको छैन्। दैलेखको निर्वाचन क्षेत्र नम्वर दुईमा नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीले सुरुवाती चरणदेखि नै अग्रता लिएका छन्।

उनले नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई मंगलवार साँझसम्म १४ सय २१ मतले पछाडी पारेका छन्। २१ हजार १ मत गणना हुँदा शाहीले ९ हजार ६ सय २२ मत रहेको छ भने पोखरेलले ८ हजार २ सय १ मत ल्याएका थिए। दैलेखको चार प्रदेश सभा सदस्यको निर्वाचनमा अहिले तिन वटाको मात्रै मतगणना भईरहेको छ। जसमा दुई वटामा काँग्रेस र एउटमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्।

एउटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको जाजरकोटमा माआवादी केन्द्रका उम्मेदवार शक्ति बस्नेतले फराकिलो मत अन्तरले अग्रता लिईरहेका छन्। मंगलवार साँझसम्म माओवादी नेता बस्नेतले ५ हजार ३ सय ७७ मत लिदाँ निरजप्रसाद आर्चाय ३ हजार ४ सय ५४ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३ सय ९३ मत लिएका छन्। त्यस्तै जाजरकोटको प्रदेश सभा (क) र (ख) काँग्रेस उम्मेदवार फराकिलो मत अन्तरले अग्रता लिईरहेका छन्।

कालिकोटमा मंगलवार साँझदेखि भएको मत गणनामा एमालेका नगेन्द्र शाहीभन्दा माओवादीका महेन्द्र बहादुर शाहीले अग्रता लिएका छन्। कालिकोटमा प्रदेशसभाको मतगणना भएको छैन्।

एउटा निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा एकिकृत (समाजवादी) का प्रकाश ज्वालाले फराकिलो मतअन्तरले अग्रता लिएका छन्। १३ हजार ९ सय ४ र पुतली चिन्ह लिएका ६ हजार ३ सय ४७ मत। ज्वालाले ७ हजार ५ सय ५७ मत अन्तर पारेका छन्। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले अग्रता लिएका छन्। जुम्लाको प्रदेश सभा (ख) मा एकिकृत समाजवादीका उम्मेदवार अगाडी छन्। त्यस्तै रुकुमपश्चिममा पनि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई फराकिलो मत अन्तरले अग्रता लिईरहेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App