४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।  

उनले हेभिवेट उम्मेदवार गठबन्धनका तर्फबाट संविधान सभा सदस्यकृष्णकुमार चौधरी र नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री गौरीशंकर थारुलाई पराजित गरेका छन्।  

उनी निकटतम प्रतिद्वन्दीभन्दा ५ हजार ३७१ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनले २३ हजार १२० मत पाएका छन भने निकटतम प्रतिद्वन्दी गठबन्धनका चौधरीले १७ हजार ७४९ मत पाएका छन्। त्यस्तै एमाले उम्मेदवार थारुले ९ हजार ८७४ मत र राप्रपाका बिरेन्द्रबहादुर बमले ७ हजार ४७ मत पाएका छन्।  

१ लाख ७ हजार ६५९ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ४४० मत खसेको थियो। जसमध्ये ४ हजार २१ मत बदर भएको छ।  

कैलाली क्षेत्र नं. १ मा समेत नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छन्। उनले प्रतिस्पर्धी काँग्रेस केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरी भन्दा २ हजार ३१९ मतले अग्रता लिएकी छन्।  

श्रेष्ठले ६ हजार ५७९ र चौधरीले ४ हजार २६० मत पाएका छन्। यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो। अहिलेसम्म १३ हजार ३७१ मत गणना भएको छ।  

कैलाली क्षेत्र नं. २ मा समेत नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको १ हजार ७७५ मत रहेको छ। त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालको १ हजार ६२१ र नेकपा एमालेका झपटबहादुर रावलको १ हजार ३६१ मत छ। कुल १ लाख ४ हजार ९०० मतदातामध्ये ६० हजार ६२९ मत खसेको थियो भने अहिलेसम्म ५ हजार २६८ मत गणना भएको छ।  

चौधरी काँग्रेसबाट नागरिक उन्मुक्तिमा प्रवेश गरेका थिए। उनी काँग्रेसको महासमिति सदस्य समेत थिए। बडुवाल संविधान सभा सदस्य हुन भने रावल निवर्तमान साँसद हुन्।  

प्रकाशित: ६ मंसिर २०७९ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App