१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवन १ मा रास्वपाका ढकालले अग्रता बढाउँदै, सुरेन्द्र पाण्डे तेस्रो

चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले अग्रता लिएका छन्। उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई १ हजार २१३ मतले पछि पारेका हुन्।  

चितवन क्षेत्र नं १ मा हालसम्म १४ हजार २ सय ८४ मत गणना हुँदा ढकालले ५ हजार ९८ मत प्राप्त गरेका छन्। उनलाई  पछ्याएका  गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले ३ हजार ८८५ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३ हजार ८८४ मत प्राप्त गरेका छन्। राप्रपाका मधुप कुमार भट्टराइले ४७६ मत लिएका छन्।  गणना भएको मतमा हालसम्म ५१३ मत बदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App