६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवनमा मतगणनाअघि सर्वदलीय बैठक बस्दै

चितवनमा तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ। चितवनमा सोमबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु गर्ने तयारी गरिएको थियो। तर, अहिलेसम्म बैठक सुरु नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिए।  मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार १ र २ मा बिहान आठ बजे र चितवन–३ मा ९ बजे सर्वदलीय बैठक बस्ने छ।

केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ।

आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ। केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो। मतपेटिकाहरू मतगणनास्थलमा आइतबार राति नै आएका छन्। चितवन ९१० को खैरहनी, चितवन ९२० को भरतपुर र चितवन ९३० को रामपुरमा मतगणना हुने छ।

प्रकाशित: ५ मंसिर २०७९ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App