८ वैशाख २०८१ शनिबार
राजनीति

बाँकेमा ४ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालित

नेपालगन्जमा सुरक्षा सम्बन्धी तालिम लिइरहेका म्यादी प्रहरी। तस्बिर: जिप्रका बाँके

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुने भएका छन्। यही मंसिर ४ गते प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुदैछ।  

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निर्वाचनका लागि बाँकेका तीन वटै क्षेत्रमा कुल ४ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित हुने जानकारी दिए। उनले भने, ‘निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु संयुक्त रुपमा सुरक्षामा खटिने छन्।’  

मतदान केन्द्रको सबैभन्दा अग्रस्थानमा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी भागमा नेपाली सेना खटिने प्रजिअ खत्रीले प्रष्ट्याए। मतदान केन्द्रभित्र मतपेटिकाको सुरक्षा हतियारसहित रहने नेपाल प्रहरीले गर्नेछ।

निर्वाचनका लागि नेपाल प्रहरी (जनपद) र म्यादी प्रहरी गरी ३ हजार १ सय ५० जना जनशक्तीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। ‘मतदान केन्द्रको अग्रस्थानमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन्, त्यस बाहिर सशस्त्र प्रहरी परिचालित हुन्छन्, त्यो भन्दा पनि बाहिर नेपाली सेनाको टोली आवश्यकता अनुसार खटिनेछ,’ उनले भने।  

जिल्लाका सबै मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी पुगिसकेको एसपी अधिकारीले बताए। मतदान केन्द्र बाहेक नेपाल प्रहरीको १७ वटा मोबाइल टोली जिल्लाभर परिचालित हुने जानकारी दिए। ‘सशस्त्र प्रहरीको पनि छुट्टै मोबाइल टोली खटिन्छ, नेपाली सेना पनि ठाउँ ठाउँमा गस्तीका लागि निस्कन्छ,’ उनले भने।  

एसपी अधिकारीका अनुसार सशस्त्र प्रहरीले आफ्नो ६ सय ५० जना जनशक्ती खटाउँदैछ। नेपाली सेनाले भने आवश्यकता अनुसार जनशक्ती खटाउनेछ। जिल्लाभरको निर्वाचन सुरक्षाको कमाण्ड बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले सम्हालेका छन्। बाँकेका ३ वटा निर्वाचन क्षेत्रमा १ सय ३८ वटा मतदान स्थल राखिएको छ।  

सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको हो। क्षेत्र नम्बर १ मा १ सय ३७, क्षेत्र नम्बर २ मा १ सय १३ र क्षेत्र नम्बर ३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ। यी सबै मतदान केन्द्रमा निर्वाचन कर्मचारीसहित सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।  

प्रकाशित: २ मंसिर २०७९ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App