राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा शुक्रबार आयोजित संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएको बताउँदै संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम गर्नुपर्ने काम अझै धेरै बाँकी रहेको जिकिर गरे।
'वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्वपूर्ण छन्,' सम्बोधनमा उनले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन्। तर संविधानको मर्म र भावना तथा जनताको चाहनाबमोजिम हामीले गर्नुपर्ने काम अझै धेरै बाँकी छ।'
प्रकाशित: २७ चैत्र २०८२ १६:२३ शुक्रबार





