२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि एक लाखसम्म हुने

सरकारले कर्मचारीको तलब बढाएको छ । आगामि आर्थिक वर्ष २०८३/८४ बाट लागु हुने गरी कर्मचारीहरूको तलब बढाएको हो । 

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरिएको बताएका छन् । उनले महंगी भत्ता यथावत हुने जानकारी गराएका छन् ।

कर्मचारीको मासिक पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि भएर न्यूनतम ४० हजारदेखि एक लाख रुपैयाँ सम्म पुगेको छ । नयाँ तलबमान आगामी साउन एक गतेदेखि लागु हुने अर्थमन्त्री स्वर्णीम वाग्लेले जानकारी दिए ।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App