मङ्गलादेवी सिंह फाउन्डेसनले आयोजना गरेकाे ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम भएकी छन्।
फाउण्डेशनले यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेतृ ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन्। प्रथम भएसँगै अधिकारीलाई नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र अर्पण गरिएको छ।
यस्तै विनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएका छन्। दोस्रो र तेस्रो उपाधि हासिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद १५ र १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र अर्पिएको छ।
प्रतियोगितामा आरध्या घिमिरे, मान्यता धिताल र मनिषा खनालले सान्त्वना पुरस्कार पाएका छन्। उनीहरूलाई जनही पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा ६० जनाले भाग लिएका थिए।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंह, संविधानसभा सदस्य कल्याणी रिजाल, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी लगायतले पुरस्कार वितरण गरे।
कार्यक्रममा अध्यक्ष सिंहले युवा पुस्तामा नेतृत्व क्षमता, प्रभावकारी अभिव्यक्ति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको बताए।
प्रकाशित: २४ जेष्ठ २०८३ ११:१४ आइतबार





