
पर्यटकीय गन्तव्य फिक्कल (फोटोफिचर)
सिन्धुलीको फिक्कल पर्यटकीय गन्तव्य बन्दैछ। स्थानीय सरकारको प्रवर्द्धनले यो क्षेत्र विकास हुँदै गइरहेको छ।
फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो। मनोरम दृश्यका लागि हजारौं पर्यटक पुग्छन्। यहाँ टावर र चनौटेमा सामुदायिक होमस्टे सञ्चालित छ, जहाँ स्थानीय संस्कृति र अर्गानिक परिकारको स्वाद लिन सकिन्छ। मध्यपहाडी लोकमार्गमा पर्ने फिक्कल गाउँपालिकामा महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावतीबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
सुनकोशी नदीमा र्याफ्टिङ र माछा मारेर जीविकोपार्जन पनि हुन्छ। फिक्कल गाउँपालिकाले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र स्थानीय उत्पादनको ब्रान्डिङ गरिरहेको छ।
पर्यटन प्रवर्द्धनका लागि मेला, महोत्सव र तालिमहरू भइरहेका छन्, जसले युवालाई स्वरोजगार बनाउँदैछ। संघ र प्रदेश सरकारको साथले फिक्कल राजधानी नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेछ।
तस्बिर : प्रदीपराज वन्त, एनएफपिजे नेपालका अध्यक्ष।
















