९ चैत्र २०८२ सोमबार
image/svg+xml
फोटो फिचर

यसरी मनाइयो गाईतिहार (फोटोसहित)

आज नेपालभर कात्तिक शुक्ल प्रतिपदाका दिन गाई र गोरुको पूजा गरिएको छ। सनातन कालदेखि चलिआएको विधिअनुसार गाईलाई पवित्र मानिन्छ। गाईको पूजा गरी मीठा परिकार खान दिँदा गाईबाट प्राप्त हुने शुद्धता सधैं रहने धार्मिक विश्वास छ।  

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि छ।  

ललितपुरको स्नेहाज केयरमा गाई र गोरुको पूजा गरिएको छ। आजै गोरु तथा कृषकको पूजाआजा पनि गरिएको छ। वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पूजा गरी मीठा खानेकुरा खुवाउने प्रचलन छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App