२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

एमालेलाई माइतीघरमा रोक लगाउन जेनजी आन्दोलनका घाइतेको धर्ना (तस्बिरहरू)

जेनजी आन्दोलनका घाइतेहरूले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्। अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ।

एमालेले आज आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दै छन्। बिहान ११ बजे सोही स्थानमा घोषणा कार्यक्रम तय गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन्। कार्यक्रमअन्तर्गत मार्च पास समेत सञ्चालन गर्ने बताएको छ।

प्रकाशित: ५ मंसिर २०८२ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App