पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। केपी शर्मा ओलीले दागबत्ती दिएका छन्।
मोहनप्रसादको आज बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए। केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।











प्रकाशित: २९ फाल्गुन २०८२ १४:०० शुक्रबार





