साउन महिनाको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुहरू भीड लागेको छ।
यसदिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ।
नेपालमा सौरमासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। हरेक वर्षजस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि गोकर्णेश्वर मन्दिर पुगेका छन्।
.jpeg)









.jpeg)


प्रकाशित: ४ श्रावण २०८३ १२:१२ सोमबार





