सम्झौता कार्यान्वयनमा आलटाल भन्दै सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (माहासंघ) ले हिजोको छलफल अनुसार समस्याग्रस्त सहकारीको कार्यालय बुद्धनगरले काम नगरेको भन्दै पीडित आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कृषि सहकारीको सम्बन्धमा गरेको गल्ती बारे सम्बधित कर्मचारीलाई कारवाही सिफारिस सहितको पत्र तयार पार्ने र अन्य सहकारीरुमा भएको अनियमता बारेमा यथोचित कार्य गर्ने सम्झौता भए पनि सम्झौता अनुसारको काम नभएको आरोप उनीहरूको छ ।
हिजो साँझ सम्म सम्झौता कार्यान्वयनलाई पर्खिएका उनीहरूले काममा आलटाल भएपछि सम्पूर्ण बचतकर्ता सडमा उत्रिएर कार्यालय घेराउ गरेका छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: १७ कार्तिक २०८२ १४:३५ सोमबार





