९ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

झल्कन्छ आमाको माया

काठमाडाैं-नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । 

 

आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ ।

'आमा' अर्थात आत्मैदेखि माया गर्ने मानिस । एउटी आमाले उनका छोराछोरीलाई गरिरहने निस्वार्थ भावको मायाले 'आमा' शब्द सबैको लागि आत्मिय बनेको छ । हरेक आमाको माया, प्रेम र स्नेहले उनको मात्तृत्वको परिचय दिने गर्छ । 

जस्तोसुकै परिवेशमा हुर्केको होस् आमाको माया छोराछोरीको निम्ति थोरै र धेरै कहिल्यै हुदैन ।

आमाको माया, शितल ममताको छाँया र छोराछोरीको लागि उठाएको दुःख सधैं अमूल्य र अमर हुन्छ ।

हेराैं आमाको माया दर्शाउने तस्बिरः (तस्बिरः प्रबिन कोइराला)

IMG 5394e

 

IMG 6600

IMG 6753

IMG 8124e

IMG 8583

IMG 9323 e

IMG 9342

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App