९ माघ २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

'घुमफिर वर्ष २०७३' प्रबर्द्धन गर्न फाेटाे प्रदर्शनी

काठमाडौं– नेपालको प्राकृतिक सौन्दर्यलाई प्रबर्द्धन गर्न 'घुमफिर वर्ष २०७३' नारासहित फोटो प्रदर्शनी राजधानीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित 'ह्यास्ट्याग फोटो नेपाल' नामक प्रदर्शनीको उद्घाटन फोटोग्राफर अनिल चित्रकारले गरेका थिए।
ph-ex1.jpg

विनासकारी भूकम्पले नेपालका सांस्कृतिक सम्पदामा क्षति पुर्याए पनि पर्यटकीय क्षेत्र सुरक्षित रहेको उनको बताए। 'नेपालको प्रबर्द्धन गर्न प्राकृतिक सौन्दर्यलाई समेटिएको फोटोहरुलाई अन्तराष्ट्र्रियस्तरसम्म पुर्याउन सक्नुपर्छ।यो फोटोहरुले नेपाल घुमफिरको लागि सुरक्षित गन्तव्यस्थल हो भन्ने कुरालाई समेटेको छ,' सामाजिक अभियान्ता चित्रकारले भने, 'नेपाल आउने हवाई टिकटभन्दा केही देशका इन्सुरेन्स महंगो भएकाले यो फोटोहरुले नेपाल उत्कृष्ट देश हो भने सन्देश दिएको छ।'
ph-ex11.jpg
त्यस्तै नेपाल पर्यटन बोर्डका दीपक जोशीले विनासकारी भूकम्पपछि नेपाल घुमफिर गर्न सहज भइसकेको बताए। 'भूकम्पले नेपालका सांस्कृतिक सम्पदामा क्षति भएका हुन्। नेपालका पर्यटकीय क्षेत्रहरु घुमफिरको लागि सुरक्षित छन्। त्यसैले नेपाल र अन्तराष्ट्र्रियस्तरमा नेपालको प्राकृतिक सौन्दर्य प्रबर्द्धन गर्न फोटो प्रदर्शनीको आयोजना गरेका हौं,' उनले भने।
ph-ex10.jpg
प्रदर्शनीमा फोटोग्राफरहरु विजय गजमेर, उमा बिष्ट, विक्रम राई, स्कन्दन गौतम, सुनील शर्मा, देवप्रसाद डंगोल, सुशील श्रेष्ठ, विजय राई, विकास कार्की र केशव थोकर लगायतले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन्।
ph-ex9.jpg
नेपालको सास्कृतिक, ल्यान्डस्केप र पर्यटकीय सुन्दरता झल्काउने ६० हाराहारीका फोटोहरु प्रदर्शनीमा समेटिएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा, मुस्ताङ, धौलागिरी, मनास्लु, लुम्बिनी, ललितपुर, पोखरा र भक्तपुर लगायत स्थानमा खिचिएका नेपालको सुन्दर हिमाली भेगका रमणिय फोटो प्रदर्शनीमा छन् ।
ph-ex8.jpg
तीन दिन चल्ने प्रदर्शनीको यो चौथौ संस्करण हो। प्रदर्शनीको आयोजना पिजे क्ल्व र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा गरेको छ।

ph-ex7.jpg

'प्राकृतिक सम्पदाले भरिभराउ भएको सुन्दर नेपालको पर्यटनलाई प्रवद्धन गर्न फोटो प्रदर्शनीको आयोजना गरेका हौं। फोटो पत्रकारहरुले पर्यटकिय क्षेत्रमा खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन्,' पिजे क्ल्वका अध्यक्ष विकास कार्कीले भने।

ph-ex6.jpg

ph-ex5.jpg

ph-ex4.jpg

ph-ex3.jpg

ph-ex2.jpg

तस्बिरहरूः प्रबिन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App