१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

गैंडाको खानीमा गैंडा नभेटेर हैरान

चितवन– यसअघिका स्थानानतरणले गैंडा बढ्नुको साटो घटाउँदै लगे पनि सरकारले मंगलबार चितवनबाट गैंडा स्थानान्तरण गर्ने कार्यलाई मूर्तरुप दिएरै छाड्यो। स्थानान्तरणको चर्चा सुरु भएसँगै स्थानीय संरक्षणकर्मीको पनि विरोधको सामाना गर्नु परेको निकुञ्ज प्रशासनलाई स्थानान्तरणको सुरुवात गर्दा गैंडाहरुले पनि चुनौति नै दिए जस्तो देखियो।

Gaida Tandai

चितवन निकुञ्जको सुखीभार क्षेत्रलाई गैंडाको खानी नै बताउँने गरिन्छ। त्यहाँको मेदानी क्षेत्रमा ११५ वटा गैंडा भएको अधिकारीहरुको दाबी रहने गरेको छ। सो ठाउँबाट सजिलै पाँचवटा गैंडा समाएर बर्दिया पुर्याइने योजनामा रहेका अधिकारीहरुले दिनभर खोज्दा बल्ल बल्ल एउटा गैंडा समाएर राति अबेर मात्रै बर्दिया पठाउन सफल भए।
Barida Jane Gaida
गैंडा समाउने क्षेत्रको अवस्था हेर्दा तयारीमा खासै चासो नदिएको प्रष्टै देखिन्थ्यो। चितवन निकुञ्ज प्रशासनका अधिकारी पनि हतार हतारमा काम गर्नु परेको बताउँदै आएका थिए। सुखीभार क्षेत्र राम्रो घाँसे मैदान हो। तर यो बेलामा सबै घाँसे मैदान क्षेत्रमा निकुञ्ज्ले नै नियन्त्रित आगो लगाएको थियो। घाँसै नभएपछि नजिकै गैंडा कसरी भेटिने। नजिकै नभेटेपछि टाढाको गैंडा लठ्याएर ट्रकमा राख्न असम्भव थियो। ट्रक भए नजिकै गैंडा भेटिन्छन कि भनेर बिहान आठ बजे हात्तीसहित हिँडेका प्राविधिकहरुको टोली मध्यान्हसम्म घुम्दा राम्रोसँग गैंडा पनि देख्न नसकि खानाका लागि फर्कियो ।

गैंडा समाउने क्याम्प बनाएको क्षेत्रभन्दा सुरुमा दक्षिण, त्यसपछि पश्चिम र उत्तर जाँदा पनि गैंडा भेटिएन। खान खाएपछि घाम चर्किदँै गएका कारण सायद गैंडाको खोजी स्थगित हुन्थ्यो होला। तर बर्दियामा गैंडा छाड्न भन्दै वन मन्त्री अग्नी सापकोटासहितको टोली त्रिभुवन विमानस्थल पुगेको जानकारी आउँना साथ टोली दबाबमा आयो। खाना पछिको छोटो आरमपछि हात्तीसहितको टोली एउटा भए पनि गैंडा भेटाउँनै पर्छ भन्ने निश्चयका साथ जंगलभित्र हानियो।
Truck Chaddai Gaida
बिहानको योजना जंगलमा भेटिएको गैंडा हात्तीले घेरा हालेर ट्रक भए नजिकको खुला क्षेत्रमा ल्याएर बेहोस बनाउने (डार्ट गर्ने) र रेडियो कलरसहितका उपकरण जडान गरेर ट्रकमा राख्ने थियो। तर मध्यान्ह अघिको अनुभवले यसरी काम गर्दा पाँचवटा गैंडा समाउन पाँच दिनसम्म प्रयास गर्नु पर्ने देखियो। त्यसपछि जंगल छिरेको टोलीले जहाँ देख्यो त्यही गैंडालाई डार्ट गर्यो । क्याम्पभन्दा लगभग पाँच किलो मिटर टाढा देखिएको गैंडा डार्ट गरेर ट्रक भएको ठाउँमा ल्याउँदा घाम डुबेर साँझ छिप्पिदै थियो।

Camp

बर्दिया हिँड्न ठिक्क परेको ट्रकमा गैंडा भएको खोर राख्दा झमक्क अध्यारो भएको थियो । बेहोस भएको गैंडा काठमो मजबुद स्लाबमा राखेर डोजरले तानेर क्याम्पमा ल्याउको थियो। ट्रकमा गैंडा पुगेपछि अधिकारीहरु निकै हर्षित देखिन्थे। सायद उनीहरु बर्दियामा पर्व निर्धारित मन्त्रीको कार्यक्रम स्थगित नहुने कुराले नै बढी खुसी भएका होलान।

Dart Gun Hastantaran

सबै तस्बिर रमेशकुमार पाैडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App