coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

आज विश्व आदिवासी दिवस यसरी मनाइयो (फोटोफिचर)

तस्बिरः प्रसन गुरुङ/नागरिक

नेपाल आदिवासी जनजाति महासंघको सचिवालयले २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा झाँकी र्‍यालीसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली नेपाल एकेडेमी हलमा समापन भएको थियो।

जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित यो दिवस मनाएका छन्। यस्तै किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङ समाजलगायत संयुक्त आदिवासी जनजाती संघले राजधानीका विभिन्न स्थानमा र्‍याली निकालेका हुन्।

हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको छ।

प्रकाशित: २४ श्रावण २०७९ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App