८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नागपोखरीमा नागको पूजा गर्दै भक्तजन (फोटोफिचर)

श्रावण शुक्ल पञ्चमीको दिन आज नागपोखरीमा नागको पूजा गर्दै भक्तजनहरुले 'नाग पञ्चमी' पर्व मनाएका छन्। श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखि वर्षायाम समाप्त भइ हिउँद सुरु भएको समेत मानिन्छ।

यस दिन मानिसहरूले घरको प्रवेशद्वारमा सर्पको तस्बिर टाँसेर गाईको गोबरले पूजा गर्छन्। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ।

आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। नाग प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दु मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ।

प्रकाशित: १७ श्रावण २०७९ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App