१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

देवघाटमा मकर स्नान सुरु

चितवन–काली गण्डकी र त्रिशुली नदीको संगम स्थल तनहुको देवघाटमा बिहीबारबाट मकर स्नान सुरु भएको छ। मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी र गोसाइकुण्डबाट बग्दै आएको त्रिशुली नदीको संगम स्थल (बेणी)मा नुहाउन माघे संक्रान्तिमा देश विदेशबाट हज्जारौं तिर्थालुहरु आउँछन्।

Snan

संक्रान्तिको अघिल्लो दिन बेणीमा विधिपूर्वक पुजा गरेर लिंगो गाडेपछि मकर स्नान सुरु हुन्छ। देवघाटमा महादेव, राम सीतासमेत आएर मकर स्नान गरेको धार्मिक कथाहरुमा सुन्न पाइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले बताए। त्यसैले नेपालसहित भारतका विभिन्न ठाउँहरुबाट भक्तहरु स्नानका लागि आउने चलन परापूर्व कालदेखि नै रहँदै आएको छ। तीन दिनसम्म देवघाटमा लाखौं भक्तहरु आउने उनले बताए।
Devghat Makar Mela 8
नारायणगढबाट पाँच किलो मिटर टाढा देवघाट जान पर्याप्त बसहरुको व्यवस्था र भाडासमेत निर्धारण गरिएको छ। त्रिशुली तर्नका लागि पर्याप्त काठ र र्याफ्टिङ डुंगाहरु स्नान घाटमा राखेको अध्यक्ष पियाले जानकारी दिए । नदी तर्ने झोलुङ्गे पुल पुरानो भएकाले एकै चोटी धेरै हिँड्दा भार पर्ने भएकाले डुंगाको व्यवस्था गरेको उनको भनाइ छ ।
Devghat Makar Mela 1
नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई सुरक्षा, सरसफाइका साथै उद्दारका लागि पनि स्नान घाटमा खटाइएको छ। साधु सन्तहरुको भिडभाड लागेको छ। माघे संक्रान्तिमा लाखौं आउने देवघाटमा त्यसको अघिल्लो र अर्को दिनसम्म चहल पहल रहन्छ।

Devghat Makar Mela 10

Devghat Makar Mela 7

Devghat Makar Mela 5

Devghat Makar Mela 4

Devghat Makar Mela 3

Devghat Makar Mela 2

सबै तस्बिर रमेशकुमार पाैडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App