राजधानीमा ल्होछारको रमझम
चौबन्दी चोलो, घलेक, कछाड अनि भांग्रामा सजिएर सहरमा निस्किएका गुरुङ समुदायको कलाले सबैलाई मोहनी लगायो। बुधबार विहान बसन्तपुरक्षेत्रबाट निस्कीएको गुरुङ समुदायको झाकिसहितको र्याली सहर परिक्रमा गर्दै टुडिखेलमा पुगेको छ। जहाँ उनीहरु विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।
गुरुङ पहिरनमा सजिएका बृद्ध–बृद्धा र यूवा–युवती हातमा राष्ट्रिय झन्डा बोकेर बालबालीकासंगै सस्कृति डोराइरहेका देखिन्थे । भेडा वर्षको विदाई तथा बादर (प्र) बर्षलाई स्वागतका गर्दै गुरुङ समुदायले तमु ल्होछार पर्व हर्षोलाससाथ मनाएका हुन् । ल्होछार मूल समारोह समितिले राजधानीको टुडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा परम्परागत भेषभुषमा सजिएका गुरुङ समुदायको बाक्लो जमघट छ। ल्होछार हेर्न अन्य समुदायका युवायुवतीको पनि बाक्लो भीड रहेको छ।
हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ। हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलको प्रतीकका रुपमा लिइन्छ।