८ वैशाख २०८१ शनिबार
फोटो फिचर

साउनको सोमबारः केदारेश्वरमा व्रतालुको भीड (फोटोफिचर)

साउनको पहिलो सोमबार पोखराको केदारेश्वर मन्दिरमा लागेको मेला। तस्बिरः उमेश पुन/नागरिक

हरेक वर्षको साउनमा भगवान शिवको अराधना गर्दै ज्योर्तिलिंगमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबारलाई अझ विशेष मानिन्छ।  

सोमवारका दिन भक्तजनले भजनकृतनसँगै यात्रा निकालेर बोलबम कार्यक्रम आयोजना गर्छन्। यसवर्ष पोखरामा बोलबम यात्रा र पोखराका विभिन्न शिव मन्दिरमा भक्तजनको उपस्थिति अघिक रहेको थियो। मन्दिरमा भजन र कृतन गाएर भक्तजनले साउनको पहिलो सोमबार मनाइरहेका छन्।

साउने सोमबारमा बगरस्थित सेतीनदीको गाईघाटबाट पवित्र जल उठाइ गाईघाटको धारामा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिंगमा जलार्पण गर्छन्।

प्रकाशित: २ श्रावण २०७९ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App