१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

सुकुम्बासीका पीडाः हिउँदमा ढल, वर्षामा बाढी (फोटोफिचर)

राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरु बस्दै आएका छन्। नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन्।

वर्षा याममा नदी पस्ने त्रासले रातभर अनिदो बस्छन् सुकुम्बासीहरु। अहिले वर्षायाम छ। नदीमा पानीको बहाव झनै उच्च हुन्छ। नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन। वर्षायाम अरु समय भन्दा चिन्ताको विषय बन्छ सुकुम्वासीहरुलाई। हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ।

सुकुम्बासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरुले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ। सरकारले ढल, फोहोर लगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ। बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन। सुकुम्बासी बस्ती छेउका सडकहरु हिलाम्मे छन्। वरपर वन, बुट्यान र झाडी रहेकाले सर्प लगायतको त्रास पनि त्यत्तिकै छ।  

स–साना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाँउमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ। कतिपय ठाँउमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ। सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरबिहीनहरु खुशी छन्।

तर सरकारले सुकुम्वासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिँड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ। कहीँकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुम्बासी बस्ती आशाको सञ्चार भएको छ। 

 

प्रकाशित: ३२ असार २०७९ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App