१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सव (फाेटाेफिचर)

खुमलटारस्थित राष्ट्रिय बालीविज्ञान अनुसन्धान केन्द्रको फार्म परिसरमा १९औं रोपाइँ महोत्सव मनाइएकाे छ। 

‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मेसिनबाट धान रोपेर महोत्सव सुरु गरेका छन्।

चीनमा बनेको राइस ट्रान्सप्लाटर (धान रोप्ने मेसिन) मा बसेर मन्त्री यादवले १२ लाइन धान रोपे। एक पटकमा ६ लाइन रोपाइँ गर्ने उक्त मेसिनमा बसेर प्रविधिकको सहयोगमा मन्त्री यादवले दुई फन्को मारेका थिए। 

अरु रोपारले भने हातैले धान रोपे। महोत्सवमा महिला सशक्तीकरण पञ्चेबाजा समूहको प्रस्तुतिसमेत थियो।

प्रकाशित: १५ असार २०७९ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App