७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

मनसुन अभ्यास २: विपद् पूर्व तयारी अभ्यास

उद्धारको पूर्व तयारी अभ्यास। तस्बिर: दिनेश/नागरिक

बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।  

जेठ २३ गतेदेखि २९ गतेसम्म गरिएको अभ्यासपछि आइतबार बिहान माडि खोलामा पहिरो र बाढीका समयमा गरिने उद्धारको नमुना अभ्यास गरिएको थियो। स्थानीय माडि खोलामा एकछिन ठूलै घटना घटेको आभाष दिँदै गरिएको अभ्यासपछि एक औपचारिक कार्यक्रम पनि गरिएको थियो। 

मनसुन अभ्यास २ अबलोकन गर्न पुगेका रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले सुरक्षाकर्मीले गरेको अभ्यास कुनै पनि दिन काम आउन सक्ने भन्दै आफू पनि विपद् प्रतिकारमा संगै रहेको बताए। 

जिल्लास्थित बटुक दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले यहाँका १० वटै पालिकामा विपद् प्रतिकार्य योजना र उद्धारको पूर्व तयारी अभ्यास गरिने बताइएको छ। उक्त अवसरमा बटुक दल गणका गणपति मणिराम थापा, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरे, सशस्त्र प्रहरीका डिएसपी होमनाथ भट्टराई, अनुसन्धान रोल्पा प्रमुख चिरन्जीबी बुढा लगायतको उपस्थिती रहेको थियो।

 

प्रकाशित: २९ जेष्ठ २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App