१८ असार २०७९ शनिबार
फोटो फिचर

धादिङ नीलकण्ठ ३ मा कांग्रेसका बागी विजयी

नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार राजकुमार श्रेष्ठ निर्वाचित भएका छन्। नेपाली कांग्रेसको २ नम्वर क्षेत्रीय कार्यसमिति सदस्य समेत रहेका श्रेष्ठ वडा अध्यक्ष पदको आकांक्षी रहेका थिए।  

पार्टीले गोपीकृष्ण भण्डारीलाई उम्मेदवार बनाएपछि श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिएका थिए। गुलाब चिह्न लिएर प्रतिस्पर्धा गरेका श्रेष्ठले कांग्रेसको आधिकारिक उम्मेदवारलाई ७१० मतान्तरले पराजित गरे। वडामा कुल दुई हजार ८४१ मत खसेकोमा श्रेष्ठले एक हजार ३३९ मत ल्याए भने कांग्रेस उम्मेदवार भण्डारीले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायणकुमार श्रेष्ठले ३९५ मत पाए। क्षेत्रीय सभापति राकेश धमलाले राम्रो भन्दा हाम्रोलाई उमेदवार बनाएपछि नगरपालिका वडाहरूमा कांग्रेसका नेताहरूको बागी उमेदवारी परेको थियो। त्यसको परिणाम ४ सहितका वडा कांग्रेसले गुमाएको छ भने ३ सहित केही वडामा बागी स्वतन्त्रले जित निकाल्न थालेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App