१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

गैंडाकोटमा बिजोग

चितवन- देशको मुख्य राजमार्ग पूर्व-पश्चिम महेन्द्र राजमार्गको गैंडाकोट जयश्री खोलाको पुल भत्केका कारण सोमबार साँझदेखि सुरु भएको जाम अझै कम हुने संकेत देखिएको छैन। गाडीको जाम छ किलो मिटर पूर्वको नारायणगढ बजारसम्म आइसकेको छ। पश्चिममा पनि लगभग १० किलो मिटरसम्म गाडीको लाइन लागेको छ।

सोमबार साँझ स्टिल ट्रस पुल भत्केपछि मंगलबार साँझदेखि खोलामा बनेको डाइभर्सनबाट गाडीहरु पार हुन थालेका थिए। तर डाइभर्सन भरपर्दो नहुँदा सहजरुपमा गाडी आवत-जावत हुन सकेको छैन। सो ठाउँमा खटेका प्रहरीका अनुसार रातभरमा १० गाडी पार हुन गाह्रो भएको छ। एउटा गाडी पार भए लगत्तै डाइभर्सन दब्ने र बिग्रने समस्या आउँछ।
Photo 02
बिहीबार बिहान नौं बजेदेखि जाममा परेको ना४ख ६३८९ नम्बरको बुटबलबाट विराटनगर जाँदै गरेको आफ्नो बस २४ घण्टा बित्दा पनि डाइभर्सन पार गर्न नसकेको कण्डक्टर जगत अधिकारीले बताए। यात्रु बसलाई प्रथामिकतामा राखेर पार गराउने व्यवस्था मिलाइए पनि कम्तिमा १० घण्टासम्म जाममा बस्नु परेको प्रहरीहरुले जानकारी दिए।

Photo 03

Photo 04

Photo 05

Photo 06

Photo 07

तस्बिर : रमेशकुमार पौडेल

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App