राजनीति
फोटो फिचर
जनताको विचार समेटियाेस: पूर्वराजा
काठमाडौं– राजधानीको मखनस्थित 'मखन पशुपति' महादेव मन्दिरमा पुजा अर्चना गर्न गएका पुर्वराजा ज्ञानेन्द्र शाहले संविधानको मस्यौदामा सबैको विचार समेट्नु पर्ने बताए ।
महादेवको पुजा आराधनापछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पुर्वराजा शाहले संविधानको मस्यौदा जनतासामु पेश भएको भन्दै सबैको विचार समेट्नुपर्ने बताए । 'जनतासामु पेश भएको संविधानमा सबैको विचार समेटियोस ।
जनताले पनि त्यही चाहेका छन र हामीले पनि त्यही खोजेका छौं,' पुर्वराजाले भने । उनले कसैलाई काखा र कसैलाई पाखा लगाउने काम हुन नहुने भन्दै जनताको चाहना अनुसार संविधानको मस्यौदा आउनुपर्ने कुरामा उनले जोड दिए । पुर्व राजाले धार्मिक अनुष्ठानका क्रममा राजनीतिक टिप्पणी गर्ने गरेका छन् ।
सबै तस्बिर विजय राई
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%