१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

आवेदन दिने पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नामा देखियो उत्साह (फोटोफिचर)

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन उपस्थित हुनेको संख्या उल्लेख्य पाइएको छ। म्यादी प्रहरीका लागि आवेदन दिने म्याद सार्वजनिक बिदा बाहेक चैत ११ गते साँझ ५ बजेसम्म रहेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीले पहिलो दिननै आवेदन दिन आउनेको संख्या अपेक्षाकृत बढी रहेको जानकारी दिए। पहिलो दिन आवेदन दिनको संख्या यकिन हुन भने केहि समय लाग्ने प्रहरीले बताएको छ।

प्रहरी प्रधान कार्यालयले देशभर करिव १ लाख जना म्यादी प्रहरीको माग गरेको छ। सोही अनुसार ताप्लेजुङमा ७ सय ४६ जना म्यादी प्रहरी भर्ना गरिने छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ९६ महिला र ४ सय १४ पुरुष गरी ५ सय १० जना म्यादी प्रहरी भर्ना गरिएको थियो। प्रहरी निरीक्षक अधिकारीका अनुसार महिला कति र पुरुष कति भनेर संख्या तोकिएको छैन।

तोकिएको मापदण्ड,योग्यता र प्राथमिकतामा सफल भएकाहरु भर्ना हुने प्रहरीले बताएको छ। सरकारले निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने जनाइसकेको छ। कस्तो देखियो त ताप्लेजुङमा म्यादी प्रहरी भर्ना प्रकृयाको उत्साह, हेरौं यो फोटोफिचर।

 

प्रकाशित: ६ चैत्र २०७८ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App