७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

'कर्मचारी व्यवस्थापनमा केन्द्रीय निकायको अभिभावकीय भूमिका खोइ?'

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आज दोस्रो दिन पनि आन्दोलित भएका छन्। 

मंगलबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशनको माग राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगीत गरिएको सूचना निकालिनु निराशाजनक भएको बताएका छन्।

उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन्। प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए।  

उनीहरुले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७८ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App