coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

अभियान नेपालले फाल्यो भ्रष्टाचारको प्रतिकात्मक लुतो

काठमाडौं स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रतिकात्मक भ्रष्टाचारको लुतो फालेको छ। शुक्रबार नेपालले माइतीघर मण्डालामा विरोध कार्यक्रम आयोजना गरी लुतो फालेको हो।

अभियान नेपालका केन्द्रीय कमिटीका सदस्य नबिन मैनालीले गत वर्ष पनि लुतो फाल्ने कार्यक्रम गर्दै आएको बताए। ‘वैदेशिक रोजगारीको हस्तक्षेपको लुतो, एमसीसीको लुताहरु लगायत डाडाँ कटाउन विधिपूर्वक प्रतिकात्मक रुपले लुता फ्याकेका हौँ,’ उनले भने।

उनले एमसीसी पास हुन पनि नदिने बताए। धानको मूल्य माफियाले तोक्ने गरेको भन्दै उनले किसानले नै धानको मूल्य निर्धारण गर्न पाउनु पर्ने पनि माग गरे। अभियन्ताहरुले शंख फुकेर देशको भ्रष्टचारविरुद्ध विरोध जनाएका थिए।

 

प्रकाशित: १ श्रावण २०७८ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App