म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा काठमाडाैं स्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ। शुक्रबार बृहत् नागरिक आन्दोलनको अभयन्ताहरूले ललितपुरस्थित नक्खुमा रहेको दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि हाल सम्म ५४ मानिस मारिएका छन् भने एक हजार ७ सयभन्दा बढीलाई पक्राउ परेको सञ्चारमाध्यमहरुले जनाएका छन्। सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन्।
प्रकाशित: २१ फाल्गुन २०७७ ०७:०९ शुक्रबार