
समाज
नागरिक समाजका अगुवाहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बृहत नागरिक आन्दोलनको अगुवाईमा ‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै सुन्धारास्थित महानगरको कार्यालय अगाडि धर्ना दिइएको हो।
उनीहरुले ‘सम्पदा मास्ने भूत भगाऔं, कमल पोखरी जगाऔं’, ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति? कस्तो सरकार?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।