१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

ओली समूहको सभाका लागि दरवारमार्ग क्षेत्रको सडक डिभाइडर हटाइयो

नेकपा ओली समूहले शुक्रबार आयोजना गरेको आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डाइडर हटाइएको छ।ओली समूहले सभाका लागि नारायणहिटी दरबार संग्राहलय अगाडि मञ्च निर्माण सुरु गर्दै सडक डिभाइडर हटाइएको हो।

बीच सडकका फलामे डिभाइडर हटाएर होटल याक एण्ड यती जाने बाटो र संग्राहलयको पर्खालमा अड्याएर राखिएको छ। विहीबार साँझदेखि नै दरवारमार्ग क्षेत्रमा आउने सवारीलाई डाइभर्ट गरिएको छ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि ओली समूहले आमसभा गर्दैछ। ओली समूहले सभाका लागि देशभरबाट कार्यकर्ता उतार्दै छ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।      

तस्बिर : कमल सुवेदी

 

 

 

 

खुशी 45.2%
दुखी 4.8%
अचम्मित 2.4%
हास्यास्पद 7.1%
क्रोधित 40.5%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App