११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

नेपालकै लामो जात्रा सुरु

नेपालकै सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु भएको छ। लिच्छवी कालदेखि यो जात्रा निरन्तर चलिरहेको छ। अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ। रथ तान्न सुरु भएदेखि जात्रा सम्पन्न हुन घटीमा दुई महिना र बढीमा पाँच महिनासम्म लाग्ने गरेको छ। सोमबार रथयात्रा सुरु भएको दिन नागरिकन्युजकर्मी दीपेश श्रेष्ठको क्यामेराबाट देखिएका दृश्य।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App