६ माघ २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

अमेरिकी संसदमा ट्रम समर्थकको जात्रा (फोटोफिचर)

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड र आक्रमण गरेका छन्। वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस भइरहेका बेला ट्रम्पका समर्थकहरुले सांसदभित्र दंगा मच्चाएका थिए।

बहसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू झ्याल र ढोका तोडफोड गर्दै हतियारसहित संसद भवनमा प्रवेश गरेको अन्तर्राष्ट्रिय संञ्चारमाध्यामले जनाएका छन्।
संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। अहिले ट्रम्पका समर्थकले संसद भवन र बाहिर उग्र भई प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनमा मृत्यु हुनेको संख्या चार पुगेको छ। सुरक्षाकर्मीले २ विस्फोटक र ५ हतियारसहित दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
हिंसात्मक प्रदर्शनपछि क्यापिटल भवनमा कर्फ्यू घोषणा गरिएको छ। एजेन्सी 
खुशी 13.6%
दुखी 9.1%
अचम्मित 13.6%
हास्यास्पद 27.3%
क्रोधित 36.4%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App