८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पर्यटकीय गन्तव्य बन्दै कुश्माको बन्जी

कोरोना महामारीका कारण थलिएको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेसँगै पर्वतमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। विश्वकै दोस्रो अग्लो दाबी गरिएको यहाँको बन्जी २ सय २८ मिटर उचाइमा छ।

द क्लिफ प्रालिको लगानीमा सञ्चालित कुश्माको बन्जीजम्पले यतिबेला मनग्य आम्दानी गरिरहेको छ। बन्जीसँगै द क्लिफले कालीगण्डकीको खोँचमा स्विङ र स्काई साइक्लिङलगायत साहसिक खेल सञ्चालन गरेका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।  

बन्जीसँगै नेपालकै लामो झोलुंगे पुल (५ सय २५ मिटर), स्विङ, स्काई साइक्लिङ र रिसोर्टसमेत सञ्चालनमा ल्याइएको छ। स्विङ भने विश्वकै अग्लो रहेको कार्कीको दाबी छ।

बन्जी गर्न प्रतिव्यक्ति ७ हजार रुपैयाँ शुल्क तोकिएको छ। बन्जी गर्न हाल दैनिक ३५ जनाको हाराहारीमा पर्यटक आउने गरेको उनले जानकारी दिए।  

द क्लिफ प्रालिका अध्यक्ष कार्कीसँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, फ्लोरेन्स कार्की, राजन जोशी र नवराज शर्मालगायतको संयुक्त लगानीमा बन्जी निर्माण गरिएको हो। २८ करोडको लगानीमा बन्जी निर्माण गरिएको हो। तस्बिरहरू : उमेश पुन/नागरिक 

प्रकाशित: २७ मंसिर २०७७ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App